यमप्रसाद यु-२० राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक


काठमाडौं। यमप्रसाद गुरूङ यु-२० राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार उनलाई प्रशिक्षकमा नियुक्त गरेको हो।

यसैगरी सन्देशकुमार श्रेष्ठ र किरणकुमार कार्कीले सहायक र मीनबहादुर बस्नेतलाई गोलकिपङ प्रशिक्षक बनाइएको छ।

टिम व्यवस्थापकमा इन्दु दुवाल छिन्। सबै जानलाई एन्फा महासचिव किरण राईले आइतबार नियुक्तिपत्र हस्तान्तरण गरे।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-२० च्याम्पियनसिप जुलाई ११ देखि २१ सम्म बंगलादेशमा हुँदैछ।

प्रतियोगिताका लागि टोली तयार पार्न एन्फाले अहिले खुला छनोट गरिरहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको