एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई राखेपको बधाई तथा शुभकामना


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मङगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

राखेपका सदस्यसचिव टङकलाल घिसिङले एनएसजेफको टिमसँग आप्mनो कार्यकक्षमा साक्षात्कार गर्दै नवनिर्वाचित टिमको कार्यकालको सफलताको कामना गरेका छन् ।

गत महिना एनएसजेएफको २० औँ साधारण सभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको थियो । सो कार्यसमितिले प्रजित शाक्य, नवीन लुइँटेल र अनन्त वाग्लेलाई सदस्यमा मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिएको थियो । शाक्यलाई एनएसजेएफ प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ ।

सदस्यसचिव घिसिङले खेलकुद पत्रकार मञ्चसँग मिलेर राखेप खेलकुदसम्बन्धी ‘कन्क्लेभ’को आयोजना गर्न इच्छुक रहेको बताएका छन् । उनले नेपाली खेलकुदसम्बन्धी अनुसन्धानका लागि एनएसजेएफ एकेडेमीसँग मिलेर काम गर्न तयार भएकाे पनि बताएकन छन् । यसैगरी सदस्यसचिव घिसिङले एनएसजेएफको आयोजनामा हुने पल्सर स्पोर्ट्स अवार्डको प्रशंसा पनि गरेका छन्।

खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष अधिकारीले राखेपले खेलकुद पत्रकार मञ्चको यात्रामा सँधै सहकार्य गर्दै आएको र यी दुई संस्थाबिचको सम्बन्ध अझ सुमुधुर हुने बताए। उनेले नेपाली खेलकुदको विाकसमा यी दुई संस्थाबिच सँधै रचनात्मक र सिर्जनात्मक सहकार्य हुने पनि बताएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको