लोयल्टीको विजयी सुरुआत

काठमाडाैँ। आयोजक लोयल्टी एकेडेमीले लोयल्टी एसइइ कपको ब्वाइज फुटबलमा बुधबार विजयी सुरुआत गरेको छ।

मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टीले बीएमसीएलाई २–० गोल गरे पराजित ग¥यो। लोयल्टीका रोहन गुप्ता र कृष बोहराले समान १–१ गोल गरे। अर्को खेलमा डीएस९६ ले टिम भोर्टेक्सलाई २–० ले हरायो।

प्रतियोगिताको लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले एक कार्यक्रमबीच उद्घाटन गरे । लिग कम नकआउट आधारमा भइरहेको फुटबलमा १६ टिम सहभागी छन्। विजेताले २५ हजार र उपविजेताले १२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

एसइइ कपमा बास्केटबलको प्रतिस्पर्धा पनि हुने छ। बिहीबारदेखि सुरु हुने बास्केटबलको ब्वाइजमा ५ तथा गल्र्समा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन्। लिगमा हासिल गरेको अंक आधारमा विजेता र उपविजेताको टुंगो लागाइने छ।

ब्वाइजको विजेताले १० हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार पाउने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जनाएका छन्। गल्र्समा पहिलो हुनेले ७ हजार र दोश्रोले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। ५० देखि १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था पनि रहेको आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको