एन्फा महिला लिग : सुदूरको पोस्टमा पुलिसको नौँ गोल


काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा फराकिलो जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दिनको दोस्रो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९–० गोलले पराजित गरेको हो। पहिलो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको पुलिसको यो पहिलो जित हो। यता, सुदूरको भने लगातार दोस्रो हार हो। पहिलो खेलमा बागमतीसँग सुदूरले ५–१ को हार बेहोरेको थियो।

पुलिसको जितमा निरु थापा र दिपा न्यौपानेले ह्याट्रिक पूरा गर्दा पुजा राना, अनुश्का शेर्पा र गिमकुमारी गुरुङ पनि तीन गोल थपिएन। जारी लिगमा कुनै पनि टोलीले हासिल गरेको यो ठूलो अन्तरको जित हो।

खेलको नौं मिनेटमा निरुको गोलबाट सुरुआत गरेको पुलिसले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ६ गोल थप्न सफल भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको