राष्ट्रपति र राखेपका सदस्य सचिव बीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भेटघाट गरेका छन् । भेटका अवसरमा राष्ट्रपतिलाई सदस्य सचिव घिसिङले वर्तमान नेपाली खेलकुदको अवस्था तथा राष्ट्रिय खेलकुद परिषद्ले गरेका काम तथा भावी योजनाबारे जानकारी दिएका छन् ।

भेटका अवसरमा सदस्य सचिव घिसिङले १५औं सस्करणको केन्द्र स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उद्घाटनमा प्रमुख आथित्यताका लागि राष्ट्रपतिलाई निमन्त्रणा दिएका छन् ।

राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको १५औ संस्करण यही जेठ २८ गते देखि ३० गते सम्म काठमाडौंमा हुँदै छ ।

खेल प्रतिभा खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने गरेको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको