काठमाडौं । थाइल्यान्डसँगको अभ्यास खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली पराजित भएको छ ।
थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलअघिको अभ्यास खेलमा नेपाली टोली १-० ले पराजित भएको हो ।
अभ्यास खेल बन्द रगंशालामा भएको थियो । नेपालले अब सोमबार थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बुधबार थाइल्यान्ड प्रस्थान गरेको थियो ।
