काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ।
शनिबार राति जर्मनीको म्युनिखमा सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ५-० गोल अन्तरले परजित गर्दै पिएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो।
पिएसजीको जितमा डिजिरे डोउएले २ गोल गरेका थिए भने अचरफ हाकिमी, खभिचा कभारात्सखेलिया र सेन्नी मायुलुले एक एक गोल गरे।
पिएसजीको क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो। यसअघि किलीयन एम्बाप्पे,लियोनेल मेसी र नेइमार जस्ता सुपस्टार फुटबलरले पनि पिएसजीलाई च्याम्पियन्स लिग जिताउन सकेका थिएनन्।
पिएसजी यसअघि २०२० मा फाइनलमा पुगेर पराजित भएको थियो।
