राेनाल्डाेकाे निर्णायक गाेलमा पाेर्चुगल उपाधि नजिक

काठमाडाैँ। कप्तान क्रिस्टियानाे राेनाल्डाेकाे निर्णायक गाेलसँगै सन् २०१९ को च्याम्पियन टिम पोर्चुगल युईएफए नेसन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ।

गए राति सम्पन्न खेलमा पोर्चुगलले जर्मनीलाई उसकै घरेलु मैदानमा २-१ ले स्तब्ध पार्दै उापधि नजिक पुगेको हो।

एलियान्ज रंगशालामा घरेलु टाेली जर्मनीले पहिला अग्रता लिए पनि पोर्चुगलले पुनरागमन गर्दै दाेस्राेपटक उपाधि जित्ने याेजना बनाएकाे छ।

पाहुना टाेली पाेर्चुगलकाे जितमा फ्रान्सिस्को कोन्सेकाओ र रोनाल्डोले गोल गरे।

पहिलो हाफ गाेलरहित बराबरीमा सकिएकाे खेलको ४८औँ मिनेटमा फ्लोरियन विर्त्जले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए।

६३औँ मिनेटमा फ्रान्सिस्को कोन्सेकाओ र ६८औँ मिनेटमा रोनाल्डोले नुनो मेन्जेडेको पासमा गाेल गर्दै पाेर्चुगललाई फाइनलमा पुर्याएका हुन्।

पाेर्चुगलले अब उपाधिका लागि दोस्रो सेमिफाइनलकाे विजेतासँग खेल्ने छ। उक्त खेलमा स्पेन र फ्रान्स भिड्ने छन्।

फाइनल खेल ८ जुनमा म्युनिखमा हुने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको