शारीरिक सुगठन टोली भुटान जाने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १५ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुने ५ खेलाडीसहित १० सदस्यीय टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् । जेठ २८ देखि असार १ गतेसम्म प्रतियोगिता भुटानको थिम्पुमा हुने छ ।
खेलाडीमा शरद सुवाल, प्रनेश श्रेष्ठ, औतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शिला ठकुरी रहेका छन् । अफिसियलमा दिनेशकुमार राजभण्डारी, व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल छन् । टोली बुधबार जाने छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको