काठमाडाैँ। श्रीलंकाको कोलम्बोमा जारी बिलि जिन किङ कपमा नेपाल समूह चरणको तेश्रो तथा अन्तिम खेलमा बिहीबार पराजित भएको छ। समूह ‘बी’ मा रहेको नेपाललाई श्रीलंकाले ३–० ले पराजित ग¥यो।
सिंगल्समा अकिसा हिरुन्दी सिल्भा दियुनुगेले नेपालकी शिभाली गुरुङलाई ७–६ र ७–६ तथा दिनारा डि सिल्भाले नेपालकी अभिलाषा विष्टलाई ६–४ र ६–२ को सेटमा पराजित गरे। डबल्समा तुभिनी डि अल्भिस र जयविराको जोडीले शिभाली र अभिलाषाको जोडीलाई ६–४, १–६ र १०–६ को सेटमा हराए।
यसअघि समूह चरणको पहिलो खेलमा नेपालले म्यान्मारलाई २–१ तथा दोश्रो खेलमा कतारलाई ३–० ले पाखा लगाएको थियो। नेपालले अब ५ औं स्थानका लागि ‘प्लेअफ’ मा ताजाकिस्तान विरुद्ध खेल्ने छ।