मियामी विजयी

काठमाडौँ। फिफा क्लब विश्वकपमा पोर्चुगिज क्लब पोर्टोविरुद्ध इन्टर मियामीले जित हासिल गरेको छ।

बिहिवार राति भएको खेलमा मियामीले पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

१-० गोलले पछि परेको इन्टर मियामीले खेलमा पुनरागमन गर्दै जित हासिल गर्यो।

पोर्टोले सामु अघेहोवाको पेनाल्टी गोलसँगै खेलको आठौँ मिनेटमा सुरुआती अग्रता लिएको थियो तर, मियामीले खेलको ४७औँ मिनेटमा टेलास्को सेगोभिया र ५४औँ मिनेटमा लियोनेल मेस्सीको गोलमा २-१ को अग्रता लिँदै खेल जितेको थियो।

यो जितसँगै समुह ए मा रहेको मियामीको २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा छ। यस समुहमा ब्राजिलियन क्लब पाल्मेइराज २ खेलमा ४ अंकसहित नै शीर्ष स्थानमा रहेको छ। त्यस्तै पोर्टो र अल अहलीको २/२ खेलमा १/१ अंकसहित तेस्रो र चौथो स्थानमा छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको