एलएनए एसइइ बास्केटबल शनिबारदेखि

काठमाडाैँ। लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को आयोजनामा प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

प्रतियोगितामा ब्वाइज÷गल्र्समा जम्मा २० टिमको सहभागिता रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगेन्द्र केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमको सहभागिता निश्चित भएको एलएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जानकारी दिए। ब्वाइज टिमलाई ४ तथा गल्र्स टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।

दुवै समूहको विजेताले ८ हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। फाइनल पुग्ने चारै टिमलाई एलएनएमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति पनि प्रदान गरिने छ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। दुईदिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित आयोजकको कोर्टमा खेलाइने छ। पहिलो दिन समूह चरणअन्तर्गत २० खेल हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको