काठमाडौं। भ्यालेन्टिन कार्बोनीले अन्तिम समयकाे निर्णायक गोलमा इन्टर मिलानले फिफा क्लब विश्वकपको खेलमा कठिन जित दर्ता गरेकाे छ।
आइतबार बिहानको खेलमा उरावा रेड डायमन्ड्सविरुद्ध मिलान २–१ ले विजयी भएकाे हाे।
इन्टरले खेलको अधिकांश बल नियन्त्रणमा राखे पनि ७८औं मिनेटसम्म गोल गर्न सकेको थिएन।
जितसँगै इन्टर मिलान समूह ‘ई’ को शीर्ष स्थानमा पुगेको छ। यसअघि मोन्टेरेसँग १–१ को बराबरी खेलेको इन्टरले अब अर्को खेल अर्जेन्टिनी क्लब रिभर प्लेटविरुद्ध बुधबार खेल्नेछ।
उरावाले भने अब बुधबार सीएफ मोन्टेरेविरुद्धको अन्तिम खेल खेल्नेछ। योसँगै जापानी क्लबको समूह चरण पार गर्ने सम्भावना समाप्त भएको छ।
