काठमाडाैँ। अन्तर्राष्ट्रिय हाप्किडो प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय खेलाडी टोली आइतबार किर्गिस्तान प्रस्थान गरेको छ।
असार १० र ११ गते हुने प्रतियोगितामा समिर गुरुङ, राजेन्द्र तामाङ र सरोज गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। प्रतियोगिता किर्गिस्तान हाप्किडो
महासंघको आयोजनामा हुन लागेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे।