मनास्लु र वारियर्सलाई एसडब्लुएससी कपको उपाधि

काठमाडौँ। मनास्लु र वारियर्सले एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्।

मनास्लु ब्वाइज तथा वारियर्स गल्र्समा च्याम्पियन बने। बसुन्धरास्थित आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले बीएमकेलाई १८–१७ ले पराजित ग¥यो।गल्र्सको उपाधि भिडन्तमा वारियर्सले भ्याली पब्लिकलाई १३–१२ ले हरायो।

दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे। विजेता टोलीका प्रत्येक खेलाडी र ‘मोस्ट भेलुएबल प्लेयर’ ले ५० प्रतिशत छात्रवृत्ति पनि पाउने छन्। उपविजेतालाई ४० प्रतिशत तथा सहभागी टिमका खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ।

तीनदिनको अवधिमा मनास्लु र वारियर्सको यो दोश्रो उपाधि हो। दुवैले आइतबार प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका थिए। ब्वाइजमा मनास्लुका शुभम् सैजु र गल्र्समा वारियर्सकी दिब्यान्शा कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

विजेतालाई एसडब्लुएससीका क्याम्पस चिफ डा. राजेन्द्र केसी, भाइस प्रिन्सिपल हरिसिंह केसी, प्रोग्राम को–ओर्डिनेटर राजेन्द्र लामिछाने, प्रोग्राम डाइरेक्टर गणेश महरा र इन्टरनेसनल रिलेसन को–ओर्डिनेटर सरिता शाक्य प्रधानले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको