नविन न्यौपाने यु–२३ टोलीको मुख्य प्रशिक्षक

काठमाडौं। नेपाली राष्ट्रिय यु–२३ पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाले ताजकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप क्वालिफायरका लागि उनलाई नियुक्त गरेकाे जनाएकाे छ।

उनलाई एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईले नियुत्ती पत्र हस्तान्तरण गरेका हुन्।

आगामी सेप्टेम्बर ३ देखि ९ सम्म हुने यस प्रतियोगितामा नेपाल ताजकिस्तान, सिरिया र फिलिपिन्ससँगै समूह ‘एच’ मा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको