काठमाडाैँ। थ्री स्टार क्लबलाई ‘बी’ डिभिजनमा घटुवा गर्ने एन्फा अपिल कमिटीको निर्णयमा आपत्ति जनाउँदै क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले पदबाट राजीनामा दिएका छन्।
बुधबार उनले अखिल नेपाल फुटबल संघ (एन्फा)को सहायक महासचिव पदबाट राजीनामा दिएका हुन्।
आफ्नो क्लबमाथि एन्फाले लगातार अन्याय गरेको आरोपका साथ जोशीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
जोशीले दुई वर्षअघि सम्पन्न लिगको विषयमा निर्णय लिन ढिलाई गरेकोले एन्फामाथि शंका गर्नुपर्ने अवस्था सिर्जना भएको विचार राखेका छन्। उनले जावलाखेल युथ क्लबविरुद्धको खेलमा भिसा नभएका खेलाडी खेलाएको अभियोगमा क्लब कार्वाही परेको प्रशंगमा पनि तेस्रो पक्षका रुपमा एपिएफले दिएको उजुरी लिनु एन्फाको त्रुटी रहेको जिकिर गरे।
