काठमाडौँ । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेका छन्।
बुधबार राति भएकाे समुह एफका समुह चरणका खेल सकिएपछि डोर्टमण्ड ३ खेलमा ७ अंकसहित समुहमा शीर्ष स्थानमा रहेको नकआउट चरणमा पुगेको छ भने फ्लुमिनेन्स ३ खेलमा ५ अंकसहित दोस्रो हुँदै नकआउट चरणमा पुगेको हाे।
याे समुहबाट मामेलोडी सनडाउन्स एफसी र उल्सान एचडी एफसी भने बाहिरिएका छन्।
