थाइल्यान्डमा एरिकालाई स्वर्ण


काठमाडाैँ। नेपाली कराते स्टार एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन्। उनले सिनियर महिला ६८ केजीमाथि थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन्।

थाइल्याण्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीहरूले पनि राम्रो प्रदर्शन गरेका छन्। यु–१२ पुरुष ३७ केजीमा सम्पन्न बस्नेतले रजत जिते।

सिनियर पुरुष ७५ केजीमा राजिव पुडासैनीले तेस्रो स्थान हासिल गरेका छन्। त्यस्तै सिनियर महिला कुमिते ६८ केजीमा कृतिका अधिकारी तेश्रो भइन्। सिनियर महिला ५५ केजीमा सबिना श्रेष्ठले तेश्रो स्थान हासिल गरिन्।

सिनियर महिला ५० केजीमा वर्षा बुढामगर तेश्र्रो भइन्। यस–१४ महिला ५२ केजीमा दिया तामाङ तेश्रे्रो भइन्। पुरुष ४५ केजीमा आशिष हरिजन तेश्राे भए। यु–१४ पुरुष ५० केजीमा प्रजल थापा तेश्रो भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको