एन्फा यु-१६ लिगकाे उद्घाटन खेलमा भगवती र मनाङ भिड्ने

काठमाडौं। असार २० गतेबाट सुरु एन्फा यु–१६ युथ लिगको उद्घाटन खेलमा श्री भगवती क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्ने भएका छन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएकाे खेल तालिका अनुसार यी दुई टाेली उद्घाटन खेल्न भिड्ने भएका हुन्। खेल दिउँसाे १ बजेबाट सुरु हुनेछ।

यस्तै साेहि दिन अर्काे खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा १४ वटै ए डिभिजन क्लबहरूको सहभागिता रहनेछ। अघिल्लो संस्करणमा ११ टोली मात्रै सहभागी थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको