रियल क्वाटरफाइनलमा


काठमाडौं। स्पेनिस महारथी रियल मड्रिड फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

गएराति सम्पन्न प्रि-क्वाटरफाइनलको खेलमा रियलले इटालियन सिरी ‘ए’ क्लब युभेन्टसमाथि १-० को कठिन जित हासिल गरेको हो।

रियलको जितमा गोन्जालो  गार्सियाले गोल गरे। उनले खेलको ५४औं मिनेटमा गोल गरेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको