विश्वकप छनोट : नेपाल समूह बी मा


काठमाडौं। नेपाल टी–२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा कुवेत र जापानसँगै एकै समूहमा परेको छ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीवार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह बी मा परेकाे हाे।

छनाेटका खेलहरु खेल ८ देखि १७ अक्टोबरसम्म आयोजना हुनेछ। सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।

हरेक समूहका शीर्ष २ टोलीले सुपर सिक्समा स्थान बनाउने छन्। शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको