१५औं संस्करणको कोरा साइकलिङ च्यालेन्ज हुँदै


काठमाडौं। १५औं संस्करणको कोरा साइकलिङ च्यालेन्ज १९ जुलाई (साउन ३) गते हुने भएको छ।

यसपटक नेपालका २० भन्दा बढी स्थान र अस्ट्रेलिया, लाओस, क्यानडा, स्कटल्यान्ड, सिंगापुरलगायत विभिन्न देशमा हुने आयोजकले जनाएको छ। च्यालेन्जमा ५५ सयभन्दा बढी साइकल यात्री सहभागी हुने अपेक्षा गरिएको छ।

पाटनमा बालबालिकाहरूले २ किलोमिटरको साइकल यात्रा र काठमाडौं उपत्यकामा १६५ किलोमिटरको अल्ट्रा राइडसम्म हुनेछ। सहभागीहरूले २५, ५०, ७५, १००, र १६५ किलोमिटरका रुटहरू रोज्न सक्नेछन्।

यस वर्ष, सिन्धुपाल्चोकको मेलम्ची बजार नजिकको एक दोमवार समुदायमा सौर्य गृह प्रणाली जडान गर्नका लागि मुख्य च्यारिटी उद्देश्य तोकिएको छ। अन्य स्थानमा हरेक वर्षझैँ स्थानीय स्तरमा विभिन्न सामाजिक अभियान पनि सञ्चालन भइरहेका बताइएको छ।

पाटन दरबार स्क्वायरबाट बिहान ७स्३० बजे १०० किलोमिटर र ७५ किलोमिटर राइडबाट सुरु हुनेछ। जसपछि ५० किलोमिटरको राइड सुरु हुनेछ। सबै राइडहरू नागबहालमा समाप्त हुनेछन्। हाल वर्षभरि बुद्ध जयन्तीको उत्सव पनि मनाइँदैछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको