काठमाडौँ। लण्डन क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ।
आइतबार राति सम्पन्न फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)लाई ३-० ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो।
चेल्सीको जितमा कोल पलामरले २ गोल गरे भने जोआओ पेड्रोले एक गोल गरे। चेल्सीले यी तीन गोल खेलको पहिलो हाफमा गरेको थियो।
यस खेलमा खेलको ८५औं मिनेटमा पिएसजीका जोआओ नेभेजले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएकाे थियाे।
यस्तै, यस प्रतियाेगितामा चेल्सीका कोल पाल्मरले चार गोल एक गोल असिस्ट गरे बापत गोल्डेन बुट प्राप्त गरेका छन्। विजेता चेल्सीलाई अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रफी प्रदान गरेका थिए।


