साफ यु–२० : नेपाल र श्रीलंका भिड्दै


काठमाडौं। बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप अन्तर्गत आफ्नाे तेस्राे खेलमा नेपालले आज मंगलबार श्रीलंकाकाे सामना गर्दैछ।

याे खेल नेपाली समयअनुसार साझँ ६–४५ बजेबाट सुरु हुनेछ।

ढाकाको बसुन्धरा किङ्स एरिनामा गत शुक्रबार बंगलादेशविरुद्धको नतिजाले उपाधिको यात्रा कठिन बनेकाे नेपाललाई याे खेलमा फराकिलाे नतिजा आवश्यक रहेका छ।

उक्त खेलमा नेपाल अन्तिम सेकेन्डसम्म बराबरीमा रहेर पनि हार बेहोरेको थियाे।

बंगलादेशसँग ९–० र भुटानसँग ५–० को हार बेहोरेको श्रीलंकाली टोली प्रतियोगिताको सबैभन्दा कमजोर टिमकाे रुपमा चिनिन्छ। यही कारण नेपालका लागि यो खेल जित निकाल्ने मात्रै होइन, गोल वर्षाउने अवसर पनि हुनेछ।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानकाे सहभागिता रहेकाे यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ। डबल राउण्ड रोबिनका आधारमा जारी प्रतियाेगितामा हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शीर्ष स्थानमा रहने देश विजेता हुने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको