काठमाडौं । चौतारा स्पोर्टिङ क्लबको आयोजनामा जारी ‘द च्याम्पियन कप’ सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनल समिकरण पूरा भएको छ।
मेलचौरस्थित दरबारडाँडा खेल मैदानमा आइतबार क्वाटरफाइनल खेल सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।
पहिलो क्वाटरफाइनल खेलमा नेपाल माझी उत्थान संघले स्याउले एफसीलाई २–० ले पराजित गर्यो। दोस्रो क्वाटफाइनलमा गौराती भिलेजले भुलभुले युथ क्लबलाई पेनाल्टीमा ४–३ गोलअन्तरले पराजित गरेको हो। त्यसअघि निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो।
तेस्रो खेलमा पञ्चकन्या नव प्रतिभा युथ क्लब ‘बी’ले मेलचौर युवा जागरण समाजलाई २–० तथा पञ्चकन्या नव प्रतिभा युथ क्लब ‘ए’ले रानाथोक युवा क्लबलाई २–० गोलले पराजित गरेको हो।
यो सँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ।
अब सेमिफाइनलमा सोमबार पञ्चकन्या नव प्रतिभा युथ क्लब ‘बी’ले गौरती भिलेजसँग खेल्ने छ भने दोस्रो सेमिफाइनलमा पञ्चकन्या नव प्रतिभा युथ क्लबले नेपाल माझी उत्थान संघसँग खेल्ने।
प्रतियोगिताको फाइनल खेल आगामी मंगलबार हुनेछ। यस्तै विजेताले ६० हजार, उपविजेताले ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछ। यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्स मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्तालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
तस्विर : लाहुरे गेमिङ अफिसिय


