काठमाडौँ। इटाली जारी महिला युरोकपको सेमिफाइनलमा पुगेको छ।
बुधबार राति सम्पन्न खेलमा इटालीले नर्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
इटालीको जितमा क्रिस्टियाना गिरेलीले दुवै गोल गरिन्। त्यस्तै नर्वेका लागि एक गोल अदा हेगेरबर्गले एक गोल गरेकी थिइन्।
अब सेमिफाइनलमा इटालीले स्विडेन र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ। यो सेमिफाइनल खेल जुलाई २२ मा हुँदैछ। आज राति स्विडेन र इङल्याण्डबीच खेल हुँदैछ।


