नेपाल ७–० ले विजयी


काठमाडाैँ। बंगलादेशमा जारी सफ यु–२० महिला च्याम्पियनिसपमा नेपालले श्रीलंकाविरुद्ध फराकिलाे जित हासिल गरेकाे छ।

बिहिवार सम्पन्न खेलमा नेपालले श्रीलंकाविरुद्ध ७–० काे जित हासिल गरेकाे हाे। यसअघि पनि नेपालले श्रीलंकाविरुद्ध पहिलाे खेलमा समान ७–० को सहज जित निकालेकाे थियाे।

जितसँगै चार खेलमा ९ अंक जाेडेकाे नेपालले घरेलु टाेली बंगलादेशविरुद्ध दबाब बढाएकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको