सेपाकताक्रो टोली थाइल्यान्ड जाने


काठमाडौं। आईएसटीएफ विश्व च्याम्पियनसिपको ३८ औं संस्करणमा सहभागी हुन ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोली शनिबार थाइल्यान्ड जाने भएको छ।

पुरुष खेलाडीमा रोशन तामाङ (कप्तान), पदमबहादुर ठाडा मगर, सुजन थिङ, राजन नेपाली, सनम पुर्जा पुन र मिजास लामा रहेका छन् । महिलामा सुमित्रा डंगोल र निरु थापा मगर छन्।

जुलाइ २२ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा नेपालले रेगु, क्वाड्रेन्ट, मिक्स क्वाड्रेन्ट र हुपताक्रो स्पर्धामा प्रतिस्पर्धा गर्ने छ।

अफिसियल÷व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ, प्रशिक्षकमा अक्कलबहादुर तामाङ र टेकबहादुर बुढा मगर, निर्णायकमा मेघराज तोलङगी र आईटीओमा नेसिर मास्के रहेका छन्।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको