ईडब्लुभिएलको खेलाडी अक्सन आज हुँदै


काठमाडौं। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको खेलाडी अक्सन आज (शुक्रबार) हुँदैछ।

महिला भलिबलकाे इतिहासमै पहिलोपटक हुन लागेको अक्सन दिउँसो ३ बजेदेखि शुरु हुने आयोजकले जानकारी दिएका छन्।

अक्सनमा सहभागी ६८ खेलाडीलाई ए, बी र सी गरी ३ समूहमा विभाजन गरिएको छ। जसमा समुह ए मा १३ जना, समुह बी मा ४३ जना र समुह सी मा १८ खेलाडी रहेका छन्।

हरेक फ्रेन्चाइजीले समुह ए बाट एक, समुह बी बाट ३ र समुह सी बाट २ खेलाडी अनिवार्य खरिद गर्नुपर्ने नियम रहेको छ।

समुह ए बाट ६ खेलाडी मार्की खेलाडीको रुपमा जानेछन् भने बाँकी ७ खेलाडी अक्सनमा रहनेछन्।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, पोखरा निन्जाज, लुम्बिनी लाभाज र कर्णाली यशविस रहेका छन्।

पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो। कर्णालीले फाइनलमा ललितपुरलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो।

दोस्रो संस्करण भदौं २० देखि २८ गते‌सम्म हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको