काठमाडौँ। फ्रान्सलाई पेनाल्टी सुट आउटमा हराउँदै जर्मनी महिला युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
स्वीजरल्याण्ड सेन्ट ज्याकोब-पार्कमा शनिबार राति सम्पन्न भएकाे खेलमा जर्मनीले फ्रान्सलाई ५-४ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १-१ गोल गरेका थिए। खेलको १३औं मिनेटमा नै काथरिन हेनड्रीचले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सिमित भएको थियो।
त्यसकाे दुई मिनेटपछि ग्रेस गेयोरोकाे गाेलमा फ्रान्सले १–० काे अग्रता बनायाे। २५औं मिनेमा स्जोके नुस्केन गाेल गरेपछि जर्मनी खेलमा फर्कियाे। त्यसपछि बाँकी समय दुबै टाेलीबाट गाेल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो।


