काठमाडाैँ। विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको छ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र राखेपका सदस्य हिमालकुमार श्रेष्ठले एक कार्यक्रमकाे आयाेजना गर्दै बिदाइ गरेका छन्।
प्रतियोगिता साउन ८ देखि १२ गतेसम्म हुनेछ। सहभागि खेलाडी: पुरुष ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गी, यस्तै महिलातर्फ ४२ केजीमा पूजा खड्का तथा ५५ केजीमा बविता कार्की रहेकी छिन्।
प्रशिक्षकमा वीरकृष्ण महर्जन, व्यवस्थापक रजिम शाही, अफिसियल सन्देश महर्जन र कुमारध्वज लामा तथा निर्णायक करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ रहेका छन्।


