काठमाडाैँ। नेपालकाे राष्ट्रिय लिग च्याम्पियन टिपटप हेल्प नेपालले काभा क्लब भलिबल च्यम्पियन्स लिगमा तेस्राे स्थान हासिल गरेकाे छ।
माल्दिसभ्सकाे मालेमा बुधबार सम्पन्न तेस्राे स्थानकाे लागि भएकाे खेलमा हेल्प नेपालले श्रीलंका पुलिसलाई ३-१ काे सेटमा पराजित गरेकाे हाे।
पहिलाे र दाेस्राे सेटमा जित हासिल गरेकाे हेल्प नेपाल तेस्राे सेटमा भने पराजित भएकाे थियाे तर चाैथाे सेट २५-२१ ले आप्नाे पक्षमा पार्दै तेस्राे स्थान हात पारेकाे हाे।


