मैत्रीपूर्ण खेलमा आर्सनलले एसी मिलानलाई हरायो


काठमाडौं । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा इङ्लिस प्रिमियर लगि क्लब आर्सनलले इटालीयन सिरी ए क्लब एसी मिलानलाई पराजित गरेको छ।

सिंगापुर राष्ट्रिय रंगशालामा बुधरबार सम्पन्न खेलमा आर्सनल १–० ले विजयी भएको हो।

आर्सनलको जितमा बुकायो साकाले दोस्रो हाफमा गरेको एकमात्रै गोल नै पर्याप्त बन्यो। साकाले खेलको ५३औं मिनेटमा ज्याकुब किवियरको पासलाई सदुपयोग गरेका थिए।

आर्सनलले आइतबार प्रिमियर लिग प्रतिद्धन्द्धी न्युक्यासल युनाइटेडसँग खेल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको