स्पेनलाई हराउँदै इंग्ल्यान्ड युरो च्याम्पियन


काठमाडौँ। स्पेनको महिला राष्ट्रिय फुटबल टोलीलाई पेनाल्टी सुटआउटमा हराउँदै साविक विजेता इंग्ल्यान्ड महिला राष्ट्रिय फुटबल टोलीले युरो २०२५ को उपाधि जितेको छ।

स्विजरल्याण्डको बासेलस्थित सेन्ट ज्याकोब–पार्कमा आइतबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गरेको हो।

निर्धारित समय १–१ को बराबरी भएपछि खेलको नतिजा पेनाल्टीबाट लिएको हो। कुनै समय इंग्ल्यान्ड खेलमा १–० गाेलले पछि परेकाे अबस्थामा खेल १–१ काे बराबरीमा पुर्याउँदै अतिरिक्त समयमा थकेलेकाे थियाे।

इंग्ल्यान्डले यसअघि २०२२ काे पनि उपाधि जितेकाे थियाे। त्यस बेला इंग्ल्यान्डले जर्मनीलाई २–१ हराउँदै पहिलाेपटक उपाधि जितेकाे थियाे।

उक्त ३० मिनेटकाे समयमा कुनै टाेलीबाट थप गाेल भने हुन सकेन। स्पेनकाे टाेली अधिकाशं बार्सिलाेनाका खेलाडी थिए भने इंग्ल्यान्ड आर्सनल तथा चेल्सीका खेलाडीकाे बाहुल्यता रहेकाे थियाे।

यस्तै इंग्ल्यान्डकी अग्येमाङले प्रतियोगिताको युवा खेलाडीको उपाधि जितिन्। १९ वर्षीया फरवार्ड अग्येमाङ, जसले नकआउटमा दुई गोल गर्दै इंग्ल्यान्डलाई बचाइन्।

स्पेनकी बोनमती, जो हालकी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन्। उनी बालोन डी’ओर विजेता हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको