काठमाडौं। अमेरिकाको इन्टर मियामीले लिग्स कपमा खेलमा विजयी सुरुआत गरेको छ।
चेस स्टेडियममा बिहीबार सम्पन्न खेलमा मियामीले मेक्सिकन क्लब एटलस एफसीविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको हो।
घरेलु टोली मियामीलाई जित दिलाउन टेलास्को सेगोभिया र मार्सेलो विगान्ड्टले गोल गरे। यता, पाहुना टोली एटलसका लागि रिभाल्डो लोजानोले गोल फर्काए।
खेलको ५७औं मिनेटमा सेगोभियाको गोमबाट मियामीले अग्रता लिएको थियो। उनले कप्तान लियोनल मेस्सीको पासलाई पोस्टको दिशा दिए ।
लोजानोले ८०औं मिनेटमा एटलसलाई बराबरीमा ल्याए। इन्जुरी समयमा विगान्ड्टले गोल गर्दै मियामीलाई २(१ को रोमाञ्चक जित दिलाए। यस पटक पनि मेस्सीले गोलको अवसर सिर्जना गरेका थिए।
अब आइतबार मियामीले क्लब नेकाक्सा तथा एटलसले ओर्लान्डो सिटीको सामना गनेछन्।


