पुर्णिमाले संकटाबाट खेल्ने


काठमाडाैँ। नेपाली राष्ट्रिय यू-२० फुटबल टोलीकी फरवार्ड पुर्णिमा राईले एन्फा महिला लिग छनोट संकटा फुटबल क्लबबाट खेल्ने भएकी छिन्।

क्लबले आइतबार मात्रै सामाजिक सञ्जाल फेस्बुकमार्फत अनुबन्धन गरेकाे जानकारी दिएकाे हाे। यता, पूर्णीमा अहिले भुटानमा सुरु हुन लागेको एएफसी यु–२० महिला एसियन कप छनोट खेल्ने तयारीमा छिन्।

आगामी २७ साउनदेखि सुरु हुने छनोटमा १४ टोलीको सहभागिता रहेको छ। पुर्णिमासँगै यू२० टोलीको आधा दर्जन खेलाडी अनुबन्ध गरेको संकटा छनोटको समूह बी मा छ। छनोटबाट ५ टोलीले महिला लिगमा स्थान पक्का गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको