इङ्ल्यान्डमाथि भारतको रोमाञ्चक जित


काठमाडौं। भारतले घरेलु टोली इङ्ल्यान्डलाई ६ रनले पराजित गरेको छ।

मोहम्मद सिराजले दोस्रो इनिङ्समा ५ विकेट लिएर खेललाई उल्ट्याए र टोलीलाई रोमाञ्चक जित दिलाए। सोमबार खेलको अन्तिम दिन इङ्ल्यान्डले ३५ रन बनाउनुपरेको थियो र ४ विकेट बाँकी थियो। मोहम्मद सिराजले ३ विकेट लिएर भारतको जित सुनिश्चित गरे।

ओभलमा इङ्ल्यान्डले बलिङ गर्ने निर्णय गर्‍यो। पहिलो इनिङ्समा भारतले २२४ र इङ्ल्यान्डले २४७ रन बनाएको थियो। २३ रनले पछि परेको भारतले दोस्रो इनिङ्समा ३९६ रन बनाएको थियो। इङ्ल्यान्डलाई ३७४ रनको लक्ष्य मिलेको थियो।

टोलीले ३ विकेट गुमाएर ३०० रन बनाएको थियो। त्यसपछि ह्यारी ब्रुक शतक प्रहार गर्दै आउट भए। यहाँबाट भारतले ३५४ सम्म इङ्ल्यान्डको ८ विकेट लिएको थियो। गुस एटकिन्सन र जोश टङ्गुले अन्तिममा टोलीलाई जिताउने प्रयास गरे।

तर, सिराजले अन्तिम विकेट लिए र भारतलाई नजिकको जित दिलाए। घाइते क्रिस वोक्स पनि बायाँ हातले ब्याटिङ गर्न आए। तर, टोलीलाई जिताउन सकेनन्। भारतले सिरिजको दोस्रो र पाँचौं टेस्ट जित्यो, इङ्ल्यान्डले पहिलो र तेस्रो टेस्ट जित्यो। चौथो टेस्ट बराबरीमा सकियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको