काठमाडौँ। नेपालकाे त्रिभुवन आर्मी फुटबल क्लब १३४औं संस्करणको डुरान्ड कप अन्तर्गत समूह चरणकाे अन्तिम खेलमा इण्डियन आर्मीको सामना गर्दैछ।
समूह ‘सी’ मा रहेको यी दुई टाेलीबीचकाे खेल जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा हुने खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ। जारी प्रतियाेगितामा यसअघिका दुई खेलमा एक हार र एक बराबरी खेलकाे आर्मीसँग एक अंक मात्रै छ।
यसअघि पहिलो खेलमा आर्मी जमशेदपुरसँग ३-२ ले पराजित भएको थियो। दोस्रो खेलामा आर्मी वन लदाख फुटबल क्लबसँग १-१ को बराबरीमा रोकिएको थियाे।
उक्त खेलमा आर्मीका लागि निराजन धामीले बराबरी गोल फर्काएका थिए। एक गोलले पछाडि परेको अवस्थामा आर्मीका लागि युवा स्ट्राइकर धामीले पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा बराबरी गरेका थिए।
२४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ। ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।


