डुरान्ड कप : जितविहीन रहँदै आर्मी बाहिरियो


काठमाडौं। जितविहीन रहँदै नेपालकाे त्रिभुवन आर्मी फुटबल क्लब डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ।

जमसेदपुरको टाटा स्पोर्टस कम्पलेक्समा सम्पन्न आफ्नो अन्तिम खेलमा मंगलबार भारतीय आर्मीसँग १–० ले पराजित भएको हो।

यो हारसँगै आर्मी तीन खेलमा एक अंकका साथ समूह ‘सी’ को पुछारमा रह्यो। यसअघि जमसेदपुरसँग ३–२ ले आर्मी पराजित भएको थियो। लद्दाखसँग भने १–१ गोलको बराबरीमा रोकिएको थियो।

क्रिस्टाले पहिलो हाफमा गरेको एकमात्र गोल इन्डियन आर्मीलाई जित दिलाउन पर्याप्त बन्यो। उनले खेलको २६औं मिनेटमा गोल गरेका थिए।

२८औं मिनेटमा आर्मी १० खेलाडीमा सीमित भयो। गोलपिकर विकेश कुथुले रातो कार्ड बेहार्दै मैदान छाड्नुपरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको