नेपालले भुटानकाे सामना गर्दै


काठमाडौँ। एएफसी यू-२० महिला एसियन कप छनाेट अन्तर्गत समूह ए मा रहेकाे नेपालले आज भुटानकाे सामना गर्दैछ।

याे खेल नेपाली समयअनुसार साँझ ५:४५ बजेदेखि सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण भुटान फुटबल फेडेरेसनको युट्युब च्यानलबाट हुनेछ।

नेपालकै समुह ए अन्तर्गत उत्तर कोरिया र साउदी अरेबियाबीच पनि खेल हुने तालिका रहेको छ। यो खेल दिउँसो १:४५ बजेदेखि हुनेछ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता भुटानमा अगस्ट ६ देखि १० सम्म हुने तालिका रहेको छ। नेपालले दोस्रो खेल साउदी अरेबियासँग अगस्त ८ मा र तेस्रो खेल अगस्त १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ।

आठ समुहको शीर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनाेट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शीर्ष तीन देश पनि एसिया कपका लागि छनाेट हुने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको