धापाखेल, ललितपुर। ठण्दर्बोल्ट्स डेभलपमेन्ट सेन्टरले आयोजनामा जारी नेपाल स्कुल फुटबल–१८ लिगमा आज भएको खेलमा डीएभी स्कुल र एलए स्कुल विजयी भएका छन्।
जेम्स ठण्दर्बोल्ट्सको मैदानमा भएको पहिलो खेलमा डीएभी स्कुल (डीएभी डाफेज) र कंजीरोवा स्कुलबीच भएकाे थियाे। उक्त खेलमा डीएभी स्कुल २–० ले विजयी भयो। डीएभीका लागि २१औं मिनेटमा सन्योग सारु मगर र ३०औं लमनेटमा सम्बेग थापाले गोल गरे।
यस्तै दोस्रो खेलमा रातो बंगला स्कुल (रेड पाण्डाज) र एलए स्कुलबीच प्रतिस्पर्धा भएकाे थियाे। खेलमा एलए स्कुल २–५ गोलले विजयी भयो।
रातो बंगला स्कुलका लागग २८औं मिनेटमा एरन प्रधान र ३०औं लमनेटमा परिबेश खतिवडाले गोल गरे। एलए स्कुलका लागि ७औं र ३३औं मिनेटमा अनुप खत्री, १०औं मिनेटमा देर्ब राज कटिाल, र २२औं लमनेटमा विगुल पोखरेलले गोल गरे।


