वादोरियो कराते टोलि फर्कियो


काठमाडाैँ। श्रीलंकाको रतनपुरामा भएको पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ४ स्वर्ण १ रजत सहित टिम दोस्रो भएको नेपाल वादोरियो कराते टोली सोमबार नेपाल फर्किएको छ।

अगस्ट ७ र ८ तारिखमा भएको प्रतियोगितामा नेपालका लागि पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेन थोक्रा, ५२ केजीमुनि निशान घले, महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले स्वर्ण पदक तथा ४० केजीमुनि आरोन शेरचनले रजत पदक जित्न सफल भएका थिए।

टोलीको प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की रहेका छन्।

टोलीलाई संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेल, ललितपुर जिल्लाका प्रशिक्षक संघर्ष पहरी, सिनियर कराते प्रशिक्षक सुमन तिमिल्सिना, अभिभावकलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको