काठमाडौँ। प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले यस सिजनमा युरोपा लिग खेल्न नपाउने भएको छ।
क्लबको स्वामित्वको विषयमा युरोपियन फुटबल फेडेरेसनले क्रिस्टल प्यालेसलाई लगाएको प्रतिबन्धको अपिल पनि अस्वीकार भएको छ।
फेडेरेसनले लगाएको प्रतिबन्धको विरुद्ध क्रिस्टल प्यालेसले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा गरेको अपिल खारेज भएको छ। अब क्रिस्टल प्यालेसले युरोपीयन कन्फेरेन्स लिग खेल्ने भएको छ।
फेडेरेसनले क्रिस्टल प्यालेसले मल्टी क्लब वनरसिपको नियम उलंघन गरेको आरोप लगाउँदै कारवाही गरेको थियो। यस निर्णयबाट क्रिस्टल प्यालेसले करिब २७ मिलियन डलर गुमाउने भएको छ।


