काठमाडाैँ। नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसकाे ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन्।
विभागीय टाेली नेपाल एपीएफ क्लबबाट खेल सुरु गरेकफ साम्बाले इन्डियन वुमन्स लिगमा सेयु एफसी, गोकुलम केरलाबाट खेलिसकेकी छिन्। २०२२-२३ मा गोकुलमलाई इन्डियन बुमन्स लिगको उपाधि दिलाउदा १० खेलमा ३१ गोल गरेकी थिइन्।
म्याक्सिम्याक्सले संस्थाको ब्रान्ड एम्बासडर ‘साम्बा’ सँग ३ वर्षका लागि सम्झौता गरेको छ।


