एन्फा महिला लिग छनोट : छहारीको विजयी सुरुआत


काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा छहारी युवा क्लबले विजयी सुरुआत गरेकाे छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहीबार सम्पन्न उद्घाटन खेलमा छहारीले एफसी रिएलेलाई ३–० ले पराजित गरेकाे हाे। जितसँगै छहारीले तीन अंक जोडेको छ।

भारी वर्षाबीच सम्पन्न समूह ‘ए’को खेलमा छहारीलाई जित दिलाउन ललिता मन्डला, सुमित्रासिंह पाख्रिन सानिमा माया लाेले समान एक गाेल गरिन्।

पहिलो हाफमा दुई गोल गरेकाे छहारीले दोस्रो हाफमा एक गोल थप्न सफल भयाे।

खेल वर्षाले प्रभावित भएपछि ३० मिनेट रोकिएको थियो। निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा मुख्य रेफ्री अञ्जना राईले खेल रोकेकी थिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको