राप्तीविरुद्ध आर.एस रिसोर्टकाे जित


काठमाडाैा। आर.एस रिसोर्ट एन्ड बिच फुटबलले एन्फा महिला लिग छनोटमा विजयी सुरुआत गरेकाे छ।

साताेबाटाेस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा शुक्रबार सम्पन्न खेलमा राप्ती फुटबल क्लबमाथि आरबी रिसोर्ट एन्ड बिच फुटबल क्लब १–० ले विजयी भएकाे हाे।

आर.एस. रिसोर्टकाे जितमा इशा चाैधरीले गरेकाे गाेल निर्णायक बन्याे। उनले ५१औँ मिनेटमा गाेल गरेकी थिइन्।

जितसँगै आर.एस.रिसोर्टले पहिलाे खेलमै तीन अकं जाेड्दै सुखद सुरुआत गरेकाे छ। यता राप्तीले भने हारबाट प्रतियाेगिताकाे थालनी गरेकाे छ।

यस्तै, दाेस्राे खेलमा बुटवल लुम्बिनी एफसीले लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरसँग खेल्ने छ। याे खेल दिउँसाे ४:१५ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको