बुटवल लुम्बिनीकाे जित


काठमाडाैँ। एन्फा महिला लिग छनोटमा बुटवल लुम्बिनी एफसी महिला फुटबल टिमले विजयी सुरुआत गरेकाे छ।

साताेबाटाेस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा शुक्रबार सम्पन्न दिनकाे दाेस्राे खेलमा बुटवलले लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गरे हाे।

बुटवलकाे जितमा करुना परियारले गाेल गरिन्। उनले खेलकाे ६३औँ मिनेटमा गरेकाे गाेल नै बुटवलकाे जितमा प्रयाप्त बन्याे।

जितसँगै पहिलाे खेलबाट बुटवलले तीन अंक जाेडेकाे छ। साेहि समूहकाे खेलमा बिहीवार संकटाले पनि जित हासिल गर्दै तीना अंक जाेडेकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको