काठमाडौं। दाेस्राे संस्करणकाे एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को प्रत्यक्ष प्रसारण हिमालय टिभी प्रिमियम मार्फत हुने भएको छ।
यस लिगको प्रसारण अधिकार सम्बन्धी सम्झौता हिमालय टिभी प्रिमियम र लिगका आधिकारिक सञ्चालक कम्पनी इन्फिनिटी ड्रिम्स प्रालि बीच सुश्री मिडिया प्रालिमार्फत सम्पन्न भएको हो। यो साझेदारी यस सिजनको लागि एक महत्वपूर्ण कदम मानिन्छ।
महिला भलिबल लिग भदाै २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने छ। यस लिगमा १८ अन्तर्राष्ट्रिय खेलाडीहरूसहित नेपालका प्रख्यात महिला भलिबल खेलाडीहरू ६ फरक टोली मार्फत प्रतिस्पर्धा गर्दैर्छन्। लिगको ६ फरक टोलीमा सहभागिता जनाउदैछन्।


