वीरगंज। एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगंजमा भव्य समारोहबीच अनावरण गरिएको छ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र मधेश युनाईटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा ट्रफीको अनावरण गरे। सो अवसरमा मेयर सिंहले लिगको फ्रेन्चाइज टिम मधेश युनाईटेडको नयाँ जर्सी सार्वजनिक गर्नुका साथै टिमकी मार्की प्लेयर निरुता ठगुन्नालाई जर्सी हस्तान्तरण समेत गरे।
दोस्रो सिजन आगामी भदौ २० देखि २८ गतेसम्म हुनेछ।
मधेसकाे टिम :
खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना
प्रशिक्षक: कोपिला उप्रेती
ब्रान्ड एम्बेसडर : नीति शाह


